आफू सरकारमा हुँदा सुदूरपश्चिममा विभिन्न औद्योगिक क्षेत्रको सुभारम्भ गरे:सुदुरपश्चिम प्रदेश ईन्चार्ज भट्ट

धनगढी:नेकपा एमालेका सचीव तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले सिद्धान्तको हिसाबले कम्युनिष्ट र कांग्रेस एक ठाउँमा हुन नसक्ने बताए । उनले अहिले नेकपा एमालले बोकेको समृद्ध नेपाल सुखि नेपालीको नारामा सबै समेटिने बताए । उनले आफू सरकारमा हुँदा सुदूरपश्चिममा विभिन्न औद्योगिक क्षेत्रको सुभारम्भ गरिएको बताए ।अहिले हामीले जसरी भएपनि स्थानीय सत्ता जित्नुपर्छ’ उनले भने ‘एमाले अहिले यो देशको सबैभन्दा ठूलो पार्टी हो ।

एमालेले नै यो देशलाई समृद्ध बनाउन सक्छ ।सुदुरपश्चिममा पाँच दलीय गठबन्धन भए पनि नेकपा एमालेले बहुमत ल्याएर स्थानीय तहको निर्वाचन जीत्ने दावी गरे । उनले एमालेको मुख्य प्रतीष्पिर्धी पार्टी नेपाली कागेंस नै भएको जानकारी दिए ।

रेडियो प्रदेश सेभेनको बहस मुलक कार्यक्रमका चर्चित कार्यक्रम प्रस्तोता तथा पत्रकार शेर बहादुर शाह सगं कुरा गर्दै उनले आफ्नो सरकारको पालामा गरेका कामको समीक्षा गर्नु पर्ने बताउदै अहिलेको सरकारले चरम आर्थिक सकंटमा देशलाई डुबाएको, मिलेनियम च्यालेन्ज कर्पोरेशन च्यालेन्ज (एमसीसी) जस्ता राष्ट्रघाती काम गरेको आरोप लगाए ।

नगर निवासी अहिले पनि आधारभूत आवश्यकताको अधिकार बाट बचिंत भएका छन् उनले भने । यो भन्दा पहिलो पनि नेकपाको सरकार भएको र उसले गर्न बाकि रहेको कामको निरन्तरता दिन पनि फेरी नगरमा एमालेको सरकारले निरन्तरता पाउनु पर्ने उनको दावि छ ।

शिक्षा,स्वस्थ्य,खानेपानी,रोजगारी लगाएतका आधारभूत आवश्यकता प्रत्याभूती गराउने उनले प्रतीबद्धता जाहेर गरे । गोदावरी नगरपालीका सुदुरपश्चिमको केन्द्र विन्दुमा भएकोले देश भरीको ध्यान यसमा परिरहेको बताए । पालीकामा आफ्नो पार्टीले जीत हासिल गर्नेमा आफू ढुक्क रहेको उनले विस्वास व्यक्त गरे ।

‘अहिले हामीले जसरी भएपनि स्थानीय सत्ता जित्नुपर्छ’ उनले भने ‘एमाले अहिले यो देशको सबैभन्दा ठूलो पार्टी हो । एमालेले नै यो देशलाई समृद्ध बनाउन सक्छ । राष्ट्रियताको जगेर्ना गर्न सक्छन ।’

Loading...