किन गरे दशपल्ले पानी माध्यमिक विद्यालयका प्र.अ.ले दादागिरी

अत्तरीया: चौरपाटि गाउँपालिका वडा नम्बर २ मा रहेको दशपल्ले पानी माध्यमिक विद्यालयले व्यवस्थापन समिती गठन गर्न सकेको छैन । विद्यालयका प्रधानाध्यापक अशोक खत्रीको दादागीरीका कारण समिती गठन हुन नसकेको स्थानिय अभिभावकले जनाए ।

६ महिना अगावै गठन हुनु पर्ने वि.व्य.स. गठन नगराउनुले प्र.अ. माथि सकां पैदा भएको छ ।वि.व्य.स. अध्यक्ष र प्र.अ मिलेर आर्थिक चलखेल गरेको स्रोतको भनाई छ । वि.व्य.स. चाडो  भन्दा चाडो  गठन गर्न स्थानियले चेतावनी दिए ।

यस विषयमा उनलाई सम्पर्क गर्दा उल्टो पत्रकारलाई धम्की दिई मोबाइल बन्द गरेका छन् ।उनी प्र.अ. भएपछि सो विद्यालयको शैक्षिक अवस्था दिन प्रति दिन सुधार हुदै जानु पर्नेमा खस्किदै आएको छ ।  उनी राजनितिमा पनि सक्रिय रहेको आरोप स्थानियले  लगाउदै आएका छन्। ।

Leave A Reply

Your email address will not be published.