चौरपाटी गाउँपालिकालाई समृद्धि बनाउन अध्यक्ष साउद संघीय राजधानी काठमाडौंमा सक्रिय{फोटो फिचर}

काठमाडौं २० साउन। अछामको चौरपाटी गाउँपालिकामा रहेका धार्मिक तथा पर्यटन क्षेत्रहरुको विकासको लागि पहल सुरु भएको छ ।

चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले सिंहदरवार काठमाडौंमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठ सँग  भेटवार्ता गरे । मन्त्रीसँगको भेटवार्तामा आवश्यक कामकारबाही अगाडि बढाउन मन्त्री श्रेष्ठले कर्मचारीलाई निर्देशन दिएको पत्रकार शेरबहादुर शाहले बताए ।

पत्रकार शाहले प्रदेश सेभेनखबरसँग कुरा गर्दै मन्त्री सँग भेट भएको जानकारी दिए । भेटवार्तामा चौरपाटि गाउँपालिकाको धार्मिक तथा पर्यटन क्षेत्रको बिकास र अन्य समस्याका विषयमा पनि जानकारी गराई समस्या सामाधानको बारेमा छलफल भएको उनले बताए । यस विषयमा मन्त्री श्रेष्ठ सकारात्मक भएको जनाईएको छ ।

भेटवार्ता कार्यक्रममा पुर्ब आईजिबी मोतिलाल बोहरा , नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का,शाफेबगर नगरपालिकाका मेयर राजेन्द्र कुवर, चौरपाटी गाउँपालिका वडा नं ५ का अध्यक्ष हिउकर्ण खड्का र नेपाली कांग्रेसका क्षेत्रिय सदस्य टेकबहादुर पार्कीको सहभागिता रहेको थियो ।

यस्तै अध्यक्ष भिम बहादुर साउदले कृषि तथा पशुपन्छी विकास मन्त्री मिर्गेन्द्र कुमार सिं यादव संग पनी भेट गरि चौरपाटी गाउँपालिका जैविक विविधताले भरिपूर्ण रहेकोे र पालिका अन्तर्गत पर्ने सात वटै वडाहरुमा सुन्तला, ओखर, अलैची, कागती, नासपती, आँप, एभोकाडो लगायत फलफुलहरुको प्रचुर सम्भावना रहेको जानकारि गराए ।

यिनको व्यवसायीक उत्पादन हुनसके स्थानीय स्तरमा रोजगारी सिर्जनाका साथै राज्यलाई समेत आर्थिक लाभ हुने देखिएकोले उल्लेखित फलफुल खेतीको व्यवसायिक उत्पादन तथा व्यवस्थापनका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गरि दिनहुन अनुरोध गरे ।यस विषयमा मन्त्री सकारात्मक रहेकोे आवश्यक कामकाज अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिएको जनाईएको छ ।

हेर्नुहोस फोटो फिचर

Leave A Reply

Your email address will not be published.