मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एकजना गम्भीर घाइते

फाइल फोटो

धनगढी: कञ्चनपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको दोधरा चाँदनी नगरपालिका वडा नम्बर ७ मिलनचोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिएको हो।

सोही ठाउँ बस्ने जिवन रावतले चलाएको सुपप्र ०२ ००३ प ८९२८ नम्बरको मोटरसाइकलले सोही ठाउँका साइकल यात्री ६० वर्षीय हरिसचन्द्र सुनार घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइते सुनारको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात खटिमा रेफर गरिएको प्रहरीले बताएको छ।

Leave A Reply

Your email address will not be published.