सात पटक प्रधानमन्त्री बन्ने देउवाको सपना अधुरै राख्नु पर्छ : कर्ण मल्ल

 साउन ३०,धनगढी   :  नेपाली कांग्रेस (विपी) का बरीष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले जोतिषले लगातार सात पटक प्रधानमन्त्री बन्ने भनेका शेरबहादुर देउवालाई आउदो मंसिर ४ गते हुने निर्वाचनमा पराजीत गर्नु पर्ने बताए ।

उनले सोमबार बोलन्या थली धनगढीमा पत्रकार सम्मेलनमा बोल्दै पाँच पटक प्रधानमन्त्री बनेका देउवाले राष्ट्रघाती काम मात्र गरेकोले आउदो मंसिर ४ गते हुने प्रतिनीधी सभा निर्वाचनमा पराजित गर्नु पर्ने बताएका हुन् । उनले भने,“जोतिषले सात पटक प्रभानमन्त्री बन्ने भनेका देउवाको सपना अब सपनामै सिमीत राखने बेला आएको छ ।

डडेल्धुराका जनतालाई झुटो आसै आसमा पारी पाँच पटक प्रधानमन्त्री भएर देशलाई धरासयमा पारेको उपाध्यक्ष मल्लाले आरोप लगाए ।उनले भने, “राष्ट्रघाती नागरीकता विधेयक राष्ट्रपती ले खारेज गरेकोमा राष्ट्रपती विद्यादेवी भण्डारी ज्युलाई सोल्युट गर्छु,”जनताले नचाहेको राष्ट्रघाती एमसीसी पास गरे । अहिले चर्चामा आएका एसपीपी र नागरीता विधेयक पनी राष्ट्रघाती सम्झौता पारीत गरी देशलाइ बेच्न लागेका देउवालाई सबै मिलेर पराजीत गर्नु बताए ।

उनले सुदूरपश्चिमको बहुसमृद्धि संग जोडीएको पश्चिम सेति आयोजना ओझेलमा पर्न थालेको बताए । सुदूर पश्चिम बासीको आसा र भरोसा बोकेको उक्त आयोजनामा पाँच पटक प्रधानमन्त्री बनेका देउवाले कुनै चासो नदिएकाआरोप लगाए । उनले भने “ देउवाले त कहिलै हेरेन,सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रीलोचन भट्टले तथा प्रदेश सभा सदस्यले पाँच वर्षको कार्यकाल सकिएर दास्रो निर्वाचन हुने समय भैसक्दा पश्चिम सेती आयोजनालाई संकल्पका साथ अगाडि बढाउनु पर्छ भनेर चासो नदिएको उपाध्यक्ष मल्लले बताए ।
उनले सुदूरपश्चिम प्रदेश सरकारले पाँचा वर्षको कार्यकालमा उपलब्भी मुलक काम नगरेको बताए । प्रदेश सरकारले आफ्ना आसेपासे लाई लक्षित गरेर २०७९÷०८० को बजेट ल्याएको आरोप लगाए । मल्लले मन्त्रीका नजीकका व्यक्तीलाई हेरेर कसैका घरको वाल,घर सम्म जाने बाटो ग्राबेल गर्ने, भत्कीएका छाना बनाउने बाहेक अरु कुनै उपलब्धिमुलक काम नभएको बताए ।

तत्कालीन नेकपा केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी लीपुलेक र लीम्पीयाधुरा सहीत नेपालको नक्सामा सामावेस गरेका थिए उपाध्यक्ष मल्लले सुदूरपश्चिम प्रदेश सरकारले भने चुच्चे नक्सा हाम्रो हो भन्न नसकेको आरोप लगाए । उनले कालापानी लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भन्दा कतै हाम्रो राजनिती धरासयमा पो पर्छ की, भारतले हामीलाई राजनीती बाट विस्थापीत गर्देला भन्ने डरले कुनै आवाज नउठाएको बताए ।

Leave A Reply

Your email address will not be published.