अध्यक्ष साउदको विशेष पहलमा द्धन्द्धकालमा बिस्थापित राष्ट्रिय बाणिज्य बैंकको शाखा चौरपाटीमा पुनः स्थापना हुदै

शेर बहादुर शाह,अत्तरिया : अछामको चौरपाटी गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैंकको शाखा पुनः स्थापनाका हुने भएको छ ।२०५२ सालदेखि २०६३ सालसम्म चलेको सशस्त्र द्धन्द्धका बेला बन्द भएको बैंक पुनः स्थापना गर्नका लागि नेकपा माओवादीका केन्द्रिय सदस्य तथा युवा नेता दिपक साउद (तरङ्ग) र चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले पहल गरेका छन् ।
जसको पहलका लागि अध्यक्ष साउदको टोलीले मंगलबार राष्ट्रिय बाणिज्य बैंकका अध्यक्ष डा.बालाराम पाठक संग काठमाडौंमा छलफल गरेको छ । अध्यक्ष सँगको भेटवार्तामा पाठकले मंसिर महिना अगाडि नै बैंकको शाखा पुनः स्थापना हुने प्रतिबद्धता जनाएको चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले बताए ।
अध्यक्ष साउदले प्रदेश सेभेन खबरसँग कुरा गर्दै भने,राष्ट्रिय बाणिज्य बैंकका अध्यक्ष डा.बालाराम पाठक सँग हाम्रो भेटवार्ता भयो । भेटवार्तामा हामीले राष्ट्रिय बाणिज्य बैंक पुनः स्थापनाका विषयमा पनि जानकारी गरायौँ । अध्यक्ष ज्यू हाम्रो कुरा सकरात्मक हुनुहुन्छ उहाले मंसिर अगाडि नै पुनः स्थापना हुनेमा तपाईं ढुक्क रहन अनुरोध गर्नुभयो,अध्यक्ष साउदले भने ।
उक्त छलफल कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दिपक साउद (तरङ्ग) नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य गजेन्द्र कुवरको सहभागिता रहेको थियो ।
यो भन्दा अगाडि अध्यक्ष साउदले सोहि बारेमा डेलिकेशन सहित सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा सङ्ग पनि भेट गरेका थिए । ।

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.