अज्ञात समुहले गोली चलाइ सर्लाहीका लाल मोहम्मदको हत्या

 असोज ४,काठमाडौं काठमाडौंस्थित गोठाटारमा अज्ञात समुहले हिजो सोमबार साँझ गोली हानी सर्लाहीका लाल मोहम्मद भन्ने मोहमम्द दर्जीको हत्या गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा  गोली लागेर घाइते भएका हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मदको उपचारको क्रममा मृत्यु भएको हो । उनी सर्लाहीको गोडैता नगरपालिका-८ का स्थायी बासिन्दा रहेका थिए । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले बताए ।

शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
Leave A Reply

Your email address will not be published.