तीन सय सुविधाजनक बस थप्दै व्यवसायी

असोज ६, काठमाण्डाै – यातायात व्यवसायीले दशैँका लागि तीन सय नयाँ बस थप्ने भएका छन् । थपिएका यी बस काठमाण्डौ हुँदै लामो दूरीमा चल्ने छन् । यस्तै, केही बस भने पूर्व पश्चिम चल्ने छन् ।

दशैँका लागि थपिएका तीन सय नयाँ बस देशभर चल्ने यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो । विशेषगरी यात्रुको बढी चाप भएका ठाउँमा थपिएका बस चलाउने उहाँले जानकारी दिनुभयो । दशैँमा ओहोरदोहाेर गर्ने यात्रुको चाप धेरै हुन्छ । त्यसकै लागि व्यवसायीले बस थप्न लागेका हुन् । तर, बस थपे पनि यसपालिको दशैँको यात्रा सहज नहुने आशङ्कामा व्यवसायी चिन्तित छन् । मनसुन नसकिएको र पानी पनि परिरहेकाले यात्रा कष्टकर हुने अनुमान छ ।

वर्षाका कारण बिग्रिएका सडक मर्मत भइसकेका छैनन् । त्यसैले सडककै कारण यात्रा असहज हुने सम्भावना छ । सडककै कारण गाडी बिग्रने र समयमा नै फर्किन नसक्ने हुँदा समस्यामा परेको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.