भाटभटेनीलाई २ लाख रूपैयाँ जरिवाना,मूल्यभन्दा बढी रकम लिएको पाइयो

 कैलालीको धनगढीमा भाटभटेनी सुपर मार्केटलाई २ लाख रूपैयाँ जरिबानामा लगाएको छ । भाटभटेनी सुपर मार्केटले संञ्चालन गर्दै आएको पेपे पिजा रेष्टुरेन्टले बजार मुल्यभन्दा झण्डै दोब्बर शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयले जरिवाना लगाएको हो ।

वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयका सूचना अधिकारी ललित पन्तले मंगलबार गरेको अनुगमनका क्रममा ग्राहकसँग पेय पदार्थ र पानीमा बजार मूल्यभन्दा बढी रकम लिएको पाइएपछि भाटभटेनी सुपर मार्केटलाई २ लाख रूपैयाँ जरिवाना गरिएको बताए । धनगढीकै जलशा होटल र रोस्यो घर हस्पिटालिटीलाई पनि २/२ लाख रूपैयाँ जरिवाना गरिएको उनले बताएको छ ।

Leave A Reply

Your email address will not be published.