बैजनाथ नमुना मा.बि.पायलको १८ औ अभिभावक भेला सम्पन्न

शेर बहादुर शाह अछाम – बैजनाथ नमुना मा.बी. पायलको १८ औ अभिभावक भेला चौरपाटि गाउपालिका वडा नम्बर ४ पायलमा बिहिवार सम्पन्न भएको छ ।

कार्यक्रममा चौरपाटि गाउपालिकाका उपाध्यक्ष सर देबि खड्का प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै उपाध्यक्ष खड्काले बिद्यालयको अग्रगामी विकासका लागि सदैब प्रयत्न गर्ने, विद्यालय लाई नमूना योग्य बनाउन सबैको सहयोग समन्वय र सहकार्यको आवश्यकता पर्ने कुरामा जोड दिनु भयो । राजनीतिक रुपमा विद्यालय लाई चोखो राख्नुपर्ने भन्दै सम्पूर्ण अभिभावक लाई विद्यालयको चौतर्फी विकासमा आत्मसात गरि अघि बढ्न आह्वान गर्नु भयो ।

यस्तै कार्यक्रमका बिशिस्ट अथिती कार्यपालिका सदस्य कौशि कुवँरले विद्यालय ज्ञान आर्जन गर्ने मन्दिर भएको ले यसलाई सदैब पवित्र बनाइ राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका धोज बोहरा ,नेपाली काङ्ग्रेसका शिवराज खत्रि ,माओवादीका मोति सिं धामि ,पुर्ब वडा अध्यक्ष हर्क लोहारलगायतले मन्तव्य राख्नु भएको कार्यक्रम सामाजिक परिक्षण समितिका संयोजक तथा वडा अध्यक्ष लाल बहादुर धामिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक ,बिद्यार्थी ,युवा,समाजसेवी ,पत्रकार लगायतको सहभागीता रहेकोे कार्यक्रममा प्र.अ. शम्भु कुवरले बिधालयको आर्थिक,भौतिक,शैक्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

सहायक प्र.अ. प्रेम कुवँरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम को संचालन शिक्षक दोय शंकर प्रसाद खनाल र जगदिश खड्काले गर्नुभएको थियोे ।

२०१७ सालमा स्थपना भएको सो बिधालयमा हाल ५७०जना बिधार्थि अध्यनरत रहेका छन् ।

अभिभावक भेलाका हेर्नुहोस फोटो फिचर

 

Leave A Reply

Your email address will not be published.