राष्ट्रपतिले विशिष्ट र सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दशैको टीका लगाइदिने भएकी छन्।

बिहीबार राष्ट्रपतिको कार्यालयले विभिन्न उच्च ओहदाका सरकारी अधिकारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै तालिका सार्वजनिक गरेको छ।

तालिका अनुसार विशिष्ट व्यक्तिहरूका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय तय गरिएको छ। सर्वसाधारणका लागि ३ देखि अपराह्न ५ बजेसम्मको समय तय गरिएको छ।

Leave A Reply

Your email address will not be published.