महिलालाई बलात्कार गरेको आरोपमा ७७ वर्षीय श्रीधर भण्डारी पक्राउ

: २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोरायल गाउँपालिका-२ डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

श्रीधरले ती महिलालाई ललाई फकाई घर नजिकैको सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.