६ दिने कानको निःशुल्क शल्यक्रिया शिबिर सञ्चालन

राज बोगटी कार्तिक १८, अत्तरिया  : इम्प्याक्ट नेपालको आयोजना र सि. बि. एम. संस्थाको आर्थिक सहयोगमा  इम्प्याक्ट नेपाल कान उपचार केन्द्र अत्तरिया, बनखेतमा ६ दिने कानको निःशुल्क शल्यक्रिया शिबिर सञ्चालन भयको छ। इम्प्याक्ट नेपालको आयोजना र सि. बि. एम. संस्थाको आर्थिक सहयोगमा यही कार्तिक १८ गते देखी २३ गते सम्मका लागि शिक्षण अस्पताका काठमाण्डौ नाक, कान घाटी रोग विभागका विशेषज्ञ डाक्टरहरु द्वारा कानको निःशुल्क शल्यक्रिया गरिने भएको हो ।

६ दिन सम्म संचालन हुने शिविरमा ७५ जना देखी ८० जना सम्मको निःशुल्क शल्यक्रिया गरिने योजना रहेको संस्थाका परियोजना अधिकृत राम बहादुर बोगटीले बताउनु भएको छ र आज पहिलो दिनमा ८ जनाको शल्यक्रिया गरिएको छ । यो भन्दा अगाडि कान उपचार केन्द्र अत्तरियामा निःशुल्क शल्यक्रिया गरिनुका साथै महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पनी शिविर संचालन गरी जम्मा ३५० जनाको कानको अप्रेशन संस्थाले गरी सकेको छ संस्थाले २२९ जना बहिरोपना भएका व्यक्तीहरुलाई श्रवण यन्त्र मेशिन (Hearing aid) उपलब्ध गराई सकेको छ भने, करिब २३,९५२ जनाले कान उपचार केन्द्रबाट सेवा लिई सकेका छन । यसका साथै निःशुल्क घुम्ती शिविर संचालन गरी ९८,५५६ जनालाई कान स्वास्थ्य सम्बन्धी सेवा प्रवाह गरी सकेको छ ।

स्थानिय क्षेत्र तथा सरकारी स्वास्थ्य संस्थाबाट कान सम्बन्धि बिरामीहरुले सहजै सेवा पाऊन भन्न उद्देश्यल प्रत्यक वष सरकारी स्वास्थ्यकर्मीहरुलाई त्रिभुवन शिक्षण अस्पताल काठमान्डौबाट १ महिने कान सम्बन्धी आधारभूत अटोलोजी तालिमका साथै तालिम पश्चात आवश्यक कान चेक जाँच सम्बन्धी उपकरण प्रदान गर्दै आइरहेकोमा आज सम्म विभिन्न स्वास्थ्य संस्थाका गरी जम्मा २९ जना स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरी सकेको छ ।

Leave A Reply

Your email address will not be published.