मंसिर महिना भित्र चौरपाटि गाउँपालिकामा फोर.जी सेवा सुचारु हुने

गॉजचौर डाँडामा टावर जडान गर्ने नेपाल टेलीकम र चौरपाटि गाउँपालिकाका बिच सम्झौता

शेर बहादुर शाह,अछाम : चौरपाटि गाउँपालिकामा नेपाल टेलिकमको फोर.जी सेवा बिस्तार को लागि टावर सर्भे गरि  gsm (मोबाइल सेवा) र  फोर.जी सेवा संचालनका लागि वडा नम्बर १ को गॉजचौर डाँडामा टावर जडान गर्ने नेपाल टेलीकम र चौरपाटि गाउँपालिकाका बिच सोमबार सम्झौता भएको छ ।
मंसिर महिना भित्र चौरपाटि गाउँपालिकामा फोर.जी सेवा सुचारु हुने नेपाल टेलिकमका स.प्रा.अ माधब प्रसाद जोशीले बताउनुभयो ।

सम्झौता पछि चौरपाटि गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले पालिकाको समग्र विकासका लागी आफु प्रतिबद्ध रहेको बताउनुभएको छ । हरेक नागरिकहरूलाई स्थानीय सरकारको महसुस हुने गरी काम गर्दै अगाडि बढिरहेको भन्दै आफुले प्रतिबद्धता गरे अनुसार गाउँपालिका लाई प्रबिधि मैत्री गाउँपालिका बनाउन प्रत्येक वडाका टोलहरूमा सरर चल्ने गरि मंसिर महिना भित्र  फोर.जी सेवा  सुचारु गरिने बताउनुभयो । साथै उहाले चौरपाटी गाउँपालिकाका जनताले अहिले संचार सेवाबाट भोगिरहेको समस्याको अन्त्य हुने समेत बताउनुभयो ।

कार्यक्रमा नेपाल टेलिकमका ईन्जिनियर मुकेश बस्नेत स.प्रा.अ माधब प्रसाद जोशी लगायतको सहभागिता रहेकोे थियो ।

टावर जडान स्थानका फोटो फिचर

 

Leave A Reply

Your email address will not be published.