कात्रो किनी मेरो लागि पठाई दिनू तिमी

राज बोगटी  २६ कार्तिक

हो आउँदैन हराई सके खोज्ने काम नगर्नू

म जस्तो अभागी लाई रोज्ने काम नगर्नू

तिम्रो लागि जिन्दगी भर काम नलाग्ने म

भन्दै छू मेरो बारे बारम्बार बुज्ने काम नगर्नू

 

सधैं मलाई एक्लो पारी थर्काउनु को मतलब के हो

हिड्दै थिए धेरै टाढा फकाउनु को मतलब के हो

भन्नै पर्यो अब तपाईंले कुन नजरले हेर्छौ मलाई

अरु सगं बोल्दा आँखा तर्काउनु को मतलब के हो

 

आँशु पोखाई मूटू साट्यो धोकेवाज परे छौ

खानासम्म दिमाग चाट्यो धोकेवाज परे छौ

सँगसगै जिउँछु अनि मर्छु भन्ने नायकले हेर्

कति चोटी फोन काट्यो धोकेवाज परे छौ

दूखी होलान आफन्तहरु हँसाई दिनु तिमी
रुँदा रूँदै मेरो लासलाई जलाउन नसक्दा
राजको लासलाई सकेसम्म जलाई दिनु तिमी

पोख्न मात्र आउँदैन दिललाई पत्थर नसम्झ

खाएको हू चोट तर पिएको असर नसम्झ

पागलको उपमा दियो दुनियाँले आँखिर यहाँ

हिड्न हिडेकै हू पागल सरि तर मेरो रहर नसम्झ

भूलेर गरेको थियो एक गल्ती याद छ तिमीलाई
कहाँबाट सुरू भएको हो चल्ती याद छ तिमीलाई
दिएका सारा पिडाहरु जतनले मूटूमा राख्थ्य पहिले
थिएन्न पहिले अहिले जस्ता खल्ती याद छ तिमीलाई
Leave A Reply

Your email address will not be published.