लुंग्रा-बैजनाथ ग्रामिण सडकको चौरपाटि गाउँपालिकाका अध्यक्ष साउद द्धारा अनुगमन


शेर बहादुर शाह,अछाम : चौरपाटि गाउँपालिका वडा नम्बर ५ को लुंग्रा -बैजनाथ ग्रामिण सडकको चौरपाटि गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउदले आईतवार अनुगमन गरेका छन्।

अबिरल बर्षाले २ महिना देखि अवरुद्ध रहेको सडक  डोजर लगाएर सुचारु गरेको गाउँपालिकाले बताईएको छ। निरन्तर अविरल वर्षाका कारण पहिरोले गाउँ सम्म सञ्चालनमा आएको सडक अवरुद्ध भएपछि अहिले गाउँपालिकाले उक्त सडक केहि दिन अगाडि सुचारु  गरेको गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले बताए ।

उनले करिब ५ किलोमिटर सडक खुलाउनुका साथै केहि स्थानमा फराकिलो समेत बनाईएको बताए । गाउँपालिका लगायतका स्थानीयवासीलाई आवागमन कार्यमा निकै सास्ती खेप्नुपरेको थियो ।

हरेक नागरिकहरुलाई स्थानिय सरकारको महशुस हुने गरि काम गर्दै अगाडि बढीरहेको बताउदै अध्यक्ष साउँदले प्रत्येक वडाका टोलहरुलाई सडक सञ्जालमा जोडिने बताए ।

उनले पालिकाको समग्र बिकासका लागी आफु प्रतिबद्ध रहेको बताए । पालिकाको समग्र शिक्षा, स्वास्थ्य, कृषि सिंचाइ, खानेपानी, विद्युत, खेलकुद लगायतका क्षेत्रलाई पहिलो प्राथमिकता राखेको बताए । लुङ्रा९बैजनाथ ग्रामिण सडक सुचारू भएपछि स्थानीयहरुले आवतजावतमा सहज भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

सडक अनुगमनका फोटोफिचर

Leave A Reply

Your email address will not be published.