चौरपाटी गाउँपालिकालाई मालिका बिकास संघ नेपाल द्धारा डिजिटल डिस्प्ले बोर्ड हस्तान्तरण

शेर बहादुर शाह,अछाम : मालिका बिकास संघ नेपालले चौरपाटी गाउँपालिकालाई डिजिटल डिस्प्ले बोर्ड मंगलबार हस्तान्तरण गरेको छ ।

युरोपियन युनियन नेपालको आर्थिक सहयोगमा मालिका बिकास संघ नेपाल मार्फत सञ्चालित परिवर्तन परियोजना अन्तर्गत गाउँपालिकाका गाउँकार्यपालिकाको कार्यालय परिसरमा आम नागरिकहरुलाई गाउँपालिका सुचनाहरु निर्वाध रुपमा प्रशारण गर्न सहयोग होस् भन्ने हेतुले हस्तान्तरण गरेको मालिका बिकास संघ नेपालका अध्यक्ष हिम बहादुर बिश्वकर्माले बताउनुभयो ।

उपकरण बुझ्दै चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले मालिका बिकास संघ संग आगामी दिनमा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुका साथै पालिकाका ७ वटै वडा मा पनि सो उपकरण उपलब्ध गराईदिन हुन आग्रह गर्नुभयो ।
यस्तै अध्यक्ष भिम बहादुर साउदले गत मंगलबार गएको भूकम्पका कारण अछामको चौरपाटि गाउँपालिकामा अन्तरगतका बिभिन्न वडाहरुमा बासबस्ने घर, विद्यालय, स्वास्थ्य चौकि, लगायतका भवनहरुमा पनि भौतिक क्षेती भएको जानकारि गराउदै मालिका बिकास संघ नेपाललाई सहयोगका लागि आग्रह गर्नु भयो । 

कार्यक्रममा ७ वटै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापा,मालिका बिकास संघ नेपालका कर्मचारि लगायतकाृ सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.