काठमाण्डौ विभिन्न ठाउँमा शङ्कास्पद वस्तु फेला

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा शङ्कास्पद वस्तु फेला परेका छन् ।

ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

प्रेसर कुकर बम राखिएको ठाउँ नजिक ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय छ । त्यस्तै, काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा पनि शङ्कास्पद वस्तु फेला परेका छन् ।

चुनाव बिथोल्न र डर, त्रास पैदा गर्ने उद्देश्यले विभिन्न ठाउँमा शङ्कास्पद वस्तु राखिएको प्रहरीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.