यूएईसँगको तेस्रो तथा निर्णायक एक दिवसीयमा नेपालले पहिला बलिङ गर्दै

काठमाण्डाै – यूएईसँगको तेस्रो तथा निर्णायक एक दिवसीयमा नेपालले पहिला बलिङ गर्दैछ । खेल कीर्तिपुर मैदानमा ९ बजे सुरु हुँदैछ ।

टस हारेको यूएईले पहिला ब्याटिङ गर्नेछ । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । नेपालले बुधवार भएको दोस्रो खेल ३ विकेटले जित्दै शृङ्खलामा एक/एक को बराबरी गरेको छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो । यूएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो ।

नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृङ्खला खेलेको हो । गएको चैतमा पपुवा न्युगिनी (पीएनजी)सँगको दुई खेलमा नेपाल पराजित भएको थियो ।

आजको खेल जितेमा नेपालले घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जित्नेछ ।

Leave A Reply

Your email address will not be published.