कैलाली–५ मा नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी

राज बोगटी  मंसिर ६–धनगढीः  कैलाली प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ५ र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ र २ मा सम्पन्न प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य को मतगणना कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरिएको छ।

सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्।

त्यस्तै अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले एक सूचना जारी गर्दै यस्तो बताएको छ । मतगणना गर्दा उम्मेदवार दलको तर्फबाट मतगणना प्रतिनिधि राख्न चाहेमा मतगणना गर्ने स्थानमा आफ्नो प्रतिनिधि अनिवार्य रुपमा पठाउनुपर्ने र एक घण्टा पहिले नै उम्मेदवार दलको प्रतिनिधि मतगणना गर्ने स्थानमा उपस्थित नभएको खण्डमा मतगणना प्रारम्भ हुने सूचना मा उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.