काठमाडौँ । ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जितेको छ । लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकप फुटबलको उपाधि जितेको हो ।
लुसैल रङ्गशालामा गयराति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो । खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो ।
निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेलमा ३–३ को बराबरी भयो । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । सो क्रममा फ्रान्सका दुई खेलाडीले गोल गर्न सकेनन् भने अर्जेन्टिनाका चारै जना खेलाडीले गोल गरे ।
अर्जेन्टिनाले यसअघि सन् १९७८ मा नेदरल्यान्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो । साबिक बिजेताको रुपमा उपाधि रक्षा गर्ने लक्ष्य सहित मैदानमा उत्रिएको फ्रान्सले तेस्रो पटक विश्वकपको उपाधि उचाल्ने सुवर्ण मौका गुमायो ।
फ्रान्सले यसअघि सन् १९९८ मा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । पछिल्लो पटक २०१८ मा क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप जितेको थियो ।