टिकटक लाइमा आएर जुवा खेलाउने ४ जना पक्राउ

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै  भिडियाे शेयरिङ एप टिकटकमा लाइभमा आएर जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका ३ घर भइ ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुर सूर्यविनायक नगरपालिका १० का २७ वर्षीय कपिल गिरी, मध्यपुर थिमि नगरपालिका ६ घर भइ मध्यपुर १ २१ वर्षीय प्रेम कठायत र कैलाली गौरीगंगा नगरपालिका ६ घर भइ मध्यपुर थिमि बस्ने २० वर्षीय डिल्लीराज अवस्थी छन् ।

उनीहरूले काठमाण्डाै उपत्यकाभित्र आफ्नाे ई–सेवा लगायतका डिजिटल वालेटमा विभिन्न व्यक्तिहरूलाई पैसा जम्मा गर्न लगाइ जुवा खेलाउने गरेकाे भन्ने सूचनाकाे आधारमा पक्राउ गरेकाे काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । उनीहरूलाई गएकाे मङ्गलवार काठमाण्डाै उपत्यकाका ग्वार्को, सूर्यविनायक, लोकन्थली लगायतका ठाउँबाट पक्राउ गरिएकाे कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद काेइरालाले जानकारी दिनुभयाे ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी वृत्त जगाती र ठिमी पठाइएको प्रहरीले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.