बाजुरा जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको ज्यान गएकाे छ । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि उपचारमा ढिलाइ हुँदा ज्यान गएको हाे ।
‘विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाले विकको अस्पताल आउनुअघि बाटोमै ज्यान गइसकेको र बच्चाकाे पनि पेटमै ज्यान गइसकेकाे जानकारी दिनुभयो । विक मुटुरोगी हुनुहुन्थ्यो ।
चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएकाे जानकारी पाएका छौँ ।’