राज बोगटी धनगढीः माघ १० सुदूरपश्चिममा भुकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो।भुकम्पले एकछिन पुरै घर हल्लाएको थियो। पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो।
भारतको कालिकालाई केन्द्रविन्दु रहेको भुकम्पको झटकाबाट नेपालसंगै चिनमा पनि प्रभाव परेको छ भुकम्प मापन केन्द्रका अनुसार ५.४ म्यान्निच्युटको भुकम्प गएको हो।भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५ दशमल ९ म्याग्निन्युडको रहेको उनले जानकारी गराएका हुन्। भूकम्पको झट्का भारतसम्म महसुस भएको भारतीय मिडियाहरुले समेत जनाएका छन्। दिल्ली–एनसीआर, उत्तर प्रदेश, उत्तराखण्ड लगाएका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो। यस बारेमा थप विवरण आउँन बाँकी छ ।