धनगढी आउँदै सन्दीप क्षेत्री, विशेष प्रस्तुति हुने

धनगढी : स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको भोलि शुक्रबार धनगढी आउने भएका छन्। एसईई र १२ कक्षा पास गरेका विद्यार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो।

ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विद्यार्थीहरुसँग सन्दीपले करिअर काउन्सलिङ तथा अन्तरक्रिया सेशनहरु गर्नेछन्। साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुति समेत रहनेछ।

कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा सुरु हुनेछ। आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा पास गरेका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ। निःशुल्क इन्ट्रि टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधैँ कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिने बताइएको छ।

Leave A Reply

Your email address will not be published.