लामो सयय देखि जनताको सेवा गरेकोले दिपायलमा मेरो जीत सुनिच्चित हो :मेयर पदका उमेद्धार विजय खड्का

डोटी जिल्ला कागें्रस उपसभापती तथा दिपायल सिलगढी नगरपालीकाका मेयर पदका उमेद्धार विजय खड्काले नेपाली कागेंसको अहिले देशभर लहर आएको बताए । लामो सयय देखि जनताको सेवा गरेको,सामाजीक काममा सक्रिय रहेको र हरु उमेद्धार भन्दा आफू अनुभवी र विकास प्रेमी नेता भएकोले नगरपालिका जित सुनिच्चित रहेको उनले दावि गरे ।

उनले शिक्षालाई वैज्ञानिक बनाउने,दिपायल सिलगढी नगरपालीकाका ससांरकै सुन्दर भएकोेले ससांरकै पर्यटक आउने व्यवस्था मिलाउने,कृषिलाई आधुनिकीकरण गर्ने,सडक,पुल,खानेपानी,सिचाई तथा जनताका आधारभूत आवश्यकता परिपूर्ती गर्ने आफ्ना मुख्य चुनावी एजेन्डा रहेकोे जानकारी दिए ।

राजनितीक दलकाम नेताहरु चचुनावी एजेन्डा मात्र बनाउने तर कार्यन्वयन गर्नमा असफल भैरहेकोले जनतामा नेता प्रती वितृष्णा बढ्दै गएको बताउदै उनले आफू भने त्यस्तो नगर्ने चुनावी एजेन्डाहरु कार्यन्यन गरेरै छाड्ने उनले प्रतिबद्धता जाहेर गरे साथै आफू व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर वनताको सेवामा लाग्ने पनि उनले बताए ।

फरक प्रसगंमा उनले नेपाली कागेंसका कार्यक्रताले गठबन्धन भएको खासै मन नपराएको बताए । पछिल्लो चरणमा राजनितीलाई सेवा भन्दा जागिरको रुपमा हेरिएकोले अब हामी निर्वाचित भएमा राजनितीलाइ सेवाकै माध्यम बाट अघि बढाउने उनले बताए । राजनितीमा इमान्दारीता,नैतीकता हुनु पर्नेमा उनले विषेस जोड दिए ।

Loading...