शिक्षामा विषेस जोड दिन्छौै गोदावरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदका उम्मेद्धार कुमाल

नेपाली काङ्ग्रेस युवा नेता तथा गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदका उम्मेद्धार प्रेम बहादुर कुमालले जनताको घरदैलोमा जादाँ यो भन्दा पहिलाको जनप्रतीनिधिहरुलाई जिताएर पठाँयौ तर उनीहरु पाचँ बर्ष सम्म फर्केर नआएको,विकास निर्माणका कुनै पनि काम नगरेकोले जनताले तपाँईलाइ किन भोट दिने भनेर सोधिरहेको बताए । उनले भने पहिलाका जनप्रतिनिधि जस्तो गर्दैनौ हामीलाई जिताएर पठाँउनुहोस भनेर जनतालाई विस्वास दिलाई रकेका छौ ।

यूवाहरुको चाहना वडामा यूवा आओस भन्ने रहेकोले आफू जित्नेमा विस्वस्त रहेको उनले दावि गरे ।आफूहरुको प्रमुख चुनावी एजेन्डा शिक्षा,स्वास्थ्य,खानेपानी,बाटो घाटो रहेको जानकारी दिए । शिक्षालाई गरीव,पिछडिएको बर्ग र दलितको पहुचमा ल्याउने उनले प्रतिबद्धता जाहेर गरे ।

किसानले गरेको उत्पादन बेच्नको लागि बजारको समस्या भएकोले आफूले अध्यक्षमा जिते किसानको नजिक पर्ने गरी सानो हाटँ बजारको व्यवस्थांपन गर्ने उनले बताए ।

गोदावरी नगरपालीकाको वडा नम्बर पाँचमा ७० प्रतिशत एलानी जमीन नाप्ने काम सम्पन्न भैसकेको बताउदै ढिलोमा अशार मसान्त भित्र जनताले लालपूर्जा पाउँने उनले बताए ।

Loading...