गोदावरी नगरपालिकामा सञ्चांलनमा रहेका कामहरुलाई निरन्तरता दिन अब नेकपा एमालेले जित्नु पर्छ: ईन्चार्ज भट्ट

नेकपा एमालेका युवा नेता तथा गोदावरी नगरपालिका ईन्चार्ज आनन्द भट्टले नेकपा एमालेको बिरुद्धमा गठबन्धन गरिएको तर एउटा पार्टीलाई निषेध गर्ने गरी गरिएको गठबन्धनलाई नेपाली जनताले परास्त गर्ने बताए । गोदावरी नगरपालीकाका मतदाताहरुलाई पहिलाका मेयरको निरन्तरता अहिलेका मेयरका उमेद्धार गोकर्ण भट्ट भएकोले पालिकामा बाकी रहेका कामको निरन्तरता दिन पनि नेकपा एमालेको उमेद्धारलाई जिताउन अपील गरि रहेको उनले जानकारी दिए ।

कम्यूनिष्ट पार्टिको सरकारलाई ढलाएर नेपाली काग्रेंसलाई सरकार सुम्पिनेहरु कुनै पनि हालतमा कम्यूनिष्ट हुन नसक्ने बताउदै उनले हामी कम्यूनिष्ट हौ भनेर अहिले गोदावरीमा नक्कली कम्यूनिष्टहरु मत दिनुहोस भनेर आइरहेकोले उनीहरु प्रती सचेत रहन उनले गोदावरीका मतदाताहरुलाई सचेत गराए ।
रेडियो प्रदेश सेभेनको बहस मुलक कार्यक्रमका चर्चित कार्यक्रम प्रस्तोता तथा पत्रकार शेर बहादुर शाह सगं कुरा गर्दै उनले संसद विघटनको प्रमुख कारण भनेको सूर्य चिन्हमा जनताले दिएको मतको अपमान हुने काम हुने देखेर विघटन गरिएकोे दावि गरे । अहिलेको सरकारले सिन्को सम्म भाच्न नसको बताउदै उनले यो सरकार असफल पनि भै सकेको र खब हुने चुनाव पछि यसको औचित्य सकिएर जाने ठोकुवा गरे ।

Loading...