अहिलेको गठबन्धनको सरकार ठग हो:एमाले जिल्ला कमिटी सदस्य बुढा

नेकपा एमालेका कैलाली जिल्ला कमिटी सदस्य टेक बुढाले गोदावरी नगरपालीका वडा नम्बर पाँचका जनताको हातहातमा लालपूर्जा पुग्ने समयमा लालपूजा वितरण गर्न नपाउँदा दुःख लागेको बताए । नेकपा एमालेको सरकारले लालपूर्जा वितरणको अन्तिम तयारी गरि रहेको बेलामा गठबन्धन मिलेर नेकपा एमालेको सरकारले लोक पृय काम गरिहाल्छ की भनेर सरकार ढलाएर अहिलेको काम नलाग्ने गठबन्धनको ठग सरकार बनेकोे आरोप लगाए ।

रेडियो प्रदेश सेभेनको बहस मुलक कार्यक्रमका चर्चित कार्यक्रम प्रस्तोता तथा पत्रकार शेर बहादुर शाह सगं कुरा गर्दै उनले लामो समय देखी सगैं काम गरेका साथीहरुले पार्टि बाट अलग हुदा केही असर त परिरहेको तर आफ्नो वडामा भने त्यसको कूनै असर नपर्ने ठोकुवा गरे । केही साथीहरु अन्य पार्टिमा गएको तर जनता आफू सगैं रहेकाले गोदावरी नगरपालीका वडा नम्बर पाँचमा आफ्नो जीत सुनिश्चित रहेको दावि गरे ।

अहिलेको गठबन्धन अफ्नो पार्टिलाई कसरी जोगाउने र नेकपा एमालेको विशाल पार्टिलाई सानो बनाएर जनतालाई दुःख दिने उदेश्यले बनेकाले यसको कुनै औचित्य नभएको बताउदै उनले गठबन्धनले राष्ट्रियता जोगाउन नसक्ने तर्क गरे । मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० पास गर्नुले पनि यो सरकार जनताको हितमा छ की दलालको हितमा भन्ने पुष्टि भै सकेको उनले बताए । अहिलेको सरकारले कुनै पनि हालतमा जनताको पक्षमा काम गर्न नसक्ने उनले स्पष्ट पारे ।

गोदावरी नगरपालीकामा नेकपा एमालेको सरकारले विभिन्न लोकपृय काम गरेकोले अब तिनको निरन्तरताको लागि पनि नेकपा एमालेका मेयर पदका उमेद्धार गोकर्ण भट्टले बहुमतका साथ जीत दर्ता गर्ने विस्वास व्यक्त गरे ।

Loading...