अछाम जिल्लामा अहिले काग्रेंस सगं कसैले पनि प्रतिष्पर्धा गर्न सक्दैन :सुदुरपश्चिम प्रदेश महामन्त्री खड्का

नेपाली काङ्ग्रेस नेता तथा सुदुरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले अछाम जिल्लामा अहिले काग्रेंस सगं कसैले पनि प्रतिष्पर्धा गर्न नसक्ने दावि गरे । नेकपा एमाले बाट अलग भएको नेकपा एकृत समाजवादी र माओवादी केन्द्र सगं पनी कुनै कुनै ठाउँमा गठबन्धन भएकोले आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय चुनावमा आफ्नो पार्टि बहुमतका साथ अछाममा निर्वाचित हुने जानकारी दिए ।

सामुदायिक रेडियो प्रदेश सेभेनको बहस मुलक कार्यक्रमका चर्चित कार्यक्रम प्रस्तोता तथा पत्रकार शेर बहादुर शाह सगं कुराकानी गर्दै उनले अछामको चौरपाटी गाउँपालीकामाको एउटा वडामा नेपाली काङ्ग्रेसले भोट हाल्न नपाँउदा पनि १ मतले मात्रै चुनावमा पराजय भएको तर उपाध्यक्षमा भने जीतेको बताउदै अहिले एमाले बिभाजित भएको,समाजवादी र माओवादी गठबन्धनमा भएकोले सो गाउँपालीकामा आफूहरुको जीत सुनिच्चित रहेको बताए ।

नेपाली काङ्ग्रेस केन्दले गरेको धोषण पत्र अनुसार स्थानीय आवश्यकता बाटो घाटो,पर्यटन,आभारभूत आवश्यकताको प्रत्यमभूती,धार्मीक र पर्यटकीय क्षेत्रको विकास र सुदृढ सम्मरिद्ध पालीका निर्माण गर्ने काङ्ग्रेस पार्टिको घोषणा पत्र रहेको उनले बताए। एमसीसी सम्झौता गर्नु राष्ट्रको हितमा रहेको बताउदै उनले गभर्नरको बारेमा धेरै नबोल्ने स्पष्ट पारे ।अहिलेको गठबन्धन जनताका समस्या सामाधानको लागी बनेको,निरकुंशताको अन्त्य गर्न,देशमा असल शासनको विकास गर्न,राष्ट्रियताको लागि र सविंधानलाई व्यवस्थित बनाउन बनेको बताए ।

Loading...