गोदावरीका एक जनप्रतीनिधि :जसले अहीले ३३ ओटा वालवालीका पढाई रहेका छन्

अत्तरीया: नेपाली काङ्ग्रेस युवा नेता तथा गोदावरी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार रबिन्द्र शाही (गुड्डले)आफ्नो वडामा दुई ओटा वृहत खानेपानीकाआयोजना,टठबन्धन्,शिक्षा,स्वास्थ्य,खेलकुद,प्रहरीकार्यालय,हाटबजारको व्यवस्था,वडा कार्यालयको आफ्नै भवन र वडावासीको हक हितमा बोल्ने ईमानदार जनप्रतीनिधी भएमा वडा सम्वृद्ध हुने बताए ।

रेडियो प्रदेश सेभेनको बहस मुलक कार्यक्रमका चर्चित कार्यक्रम प्रस्तोता तथा पत्रकार शेर बहादुर शाह सगं कुरा गर्दै उनले आफूलाई वडा वासीले एक पटक फेरी अध्यक्ष पदमा उमेद्धारी दिनु भनेको हुनाले अध्यक्ष पदमा उमेद्धारी दिएको बताए । वडा वासीका विभिन्न समस्याहरुलाई सामाधान जस्तै शिक्षामा,विरामी भएमा उपचार,अस्पताल लग्ने देखी तमामा लोकपृय काम गरेकोले वडा वासीले अत्यन्तै मन पराएको उनले दावी गरे ।

अघिल्लो कार्यकालमा कोरोनाको कहर र नगरपालीकामा विपक्षी दलको सरकार भएकोले सोचेको जस्तो काम गर्न नसकेको उनले स्विकार गरे ।

नेपाली काङ्ग्रेस केन्दले गरेको धोषण पत्र अनुसार स्थानीय आवश्यकता बाटो घाटो,पर्यटन,आभारभूत आवश्यकताको प्रत्यमभूती,धार्मीक र पर्यटकीय क्षेत्रको विकास र सुदृढ सम्मरिद्ध वडा निर्माण गर्ने काङ्ग्रेस पार्टिको घोषणा पत्र रहेको उनले बताए।

हरेक जनप्रतीनिधिले दुःखमा रहेका जनताको घाउमा मलमपट्टी लगाउन सक्नु,आफ्ना जनताको समस्या बुुझ्न सक्नु,हरेकको सुःख दुःख आफ्नै हो भनेर उनीहरुलाई सहयोग गर्न सक्नु नै मेरो सबै भन्दा ठूलो एजेन्डा रहेको उनले स्पष्ट पारे ।

जनताको सेवामा आफूले कठिबद्ध भएर काम गरेकोले आगामी चुनावमा जीत सुनिश्चित रहेको उनले दावी गरे ।वडाका ३३ ओटा वालवालीकालाई आफूले पढाई रहेको उनले जानकारी दिए । आगामी चुनाव जीते पछि अहिलेको भन्दा दोब्बर वालवालीकालाइ पढाउने उनले प्रतिबद्धता जाहेर गरे ।

 

Loading...