माओवादी केन्द्रका प्रचण्ड आज पुर्चौडी आउँदै

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज बैतडी आउँदैछन् । नेकपा माओवादी केन्द्रले बैतडीको पुर्चौंडीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नका लागि प्रचण्ड बैतडी आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका तर्फबाट पुर्चौंडी नगरपालिकामा मेयरका उम्मेदवार विक्रम कुँवर (प्रतीक)ले बताए ।
पुर्चौंडीको हाटमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नका लागि दिउँसो १ बजे प्रचण्ड हाट आइपुग्ने बताइएको छ । चुनावी सभालाई सम्बोधन गर्नका लागि अध्यक्ष प्रचण्ड हिजो नै धनगढी पुगिसकेका छन् ।
पुर्चौंडीलाई नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको छ । सो नगरपालिकामा आफ्नो जित सुनिश्चित गर्न उसले कसरत गरिरहेको छ ।
Loading...